बहुराष्ट्रिय कम्पनी कोका–कोलाद्वारा नेपालमा २ अर्ब करछली

काठमाडौं, १० कार्तिक ।  राजस्व अनुसन्धान विभागले लोकप्रिय पेयपदार्थ कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपाल लिमिटेडले २ अर्ब पुँजीगत लाभकर छली गरेकोे अनुसन्धानबाट खुलासा गरेको छ । झण्डै एक बर्ष समयावधीको अध्ययनपश्चात् ठूलो परिमाणको कर छली भेटिएपश्चात् अनुसन्धानको फाइल राय लिनको लागि सरकारी वकिल कार्यालयमा पठाइएको छ । रायसहित फाइल फिर्ता भएपछि विभागले अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ।

७५ प्रतिशत विदेशी लगानी , २२ प्रतिशत नेपालकै खेतान समूहको र बाँकीचाहिँ सर्वसाधारणको लगानी गरेर बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता रहेकामा कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर अफ्रिकामा रहेको अफ्रिका बोटलिङ कम्पनी (साप्को) ले द कोका–कोला बोटलिङ इन्भेस्टमेन्ट ग्रुपलाई बिक्री गरेर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएपश्चात् विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म नगराएकोले स्वामित्व परिवर्तन हुँदा नेपालको २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने आयकर ऐनअनुसार व्यवस्था पालना नभएकोले सो २ अर्ब रुपैयाँ रकम छली नै भएको र छली गरेको रकम तिर्नुपर्ने देखिएको छ। सामान्य अनुसन्धानबाट सुरु भएको यो अनुसन्धान पुँजीगत लाभकरमा गएर जोडिएको र हाललाई यो सकिएको विभागले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति