काठमाडौँ, १० कार्तिक । नेकपा एमालेले दाङका दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरको छ।तुलसीपुर उपमहानगरको नगर कमिटी अध्यक्षमा माधव वली, घोराही उपमहानगरमा भागिराम चौधरी र लमही नगरपालिकामा दण्डिराम चौधरी नगर अध्यक्ष बनेका छन्।बबई गाउँपालिकाको अध्यक्षमा जितबहादुर वली, दंगीशरण गाउँपालिकामा रेशम वली, शान्तिनगरमा धनबहादुर केसी, बंगलाचुलीमा पुष्पराज भण्डारी, राप्तीमा मदन अधिकारी, गढवामा बाबुराम अधिकारी र राजपुर गाउँपालिकामा हेमकुमार जिसी अध्यक्ष भएका छन्।एमाले दाङका अध्यक्ष टीकाराम खड्काले दशवटै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बताए। दाङका कुनै पनि पालिकामा एमालेले महिलालाई नेतृत्वमा ल्याएको छैन।
एमालेले दाङका पालिकामा अधिवेशन सक्यो, नेतृत्वमा आएनन् महिला
प्रतिक्रिया