प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागे एक अफगान नागरिक


काठमाडौँ, १० कार्तिक । भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गरी काठमाडौं आइपुगेका एक अफगान नागरिक प्रहरीले अनुसन्धान थालेपछि ‘सेल्टर’ लिएको होटलबाटै भागेका छन् ।असोज दोस्रो साता दिल्लीबाट बसमा सुनौली आएका अजमल अचेकजाई भारतको पञ्जाबको नागरिक भएको नक्कली परिचयपत्र बनाएर बेलहिया नाका हुँदै काठमाडौं आएका थिए ।यूएनएचसीआरको शरणपछि उनीसहित ७ जना सिनामंगलको एक होटलमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी बसेका थिए ।होटललाई अग्रिम भाडाबापत १० हजार दिइसकेका थिए । होटलमा टिपाएको विवरणमा अजमलले आफूहरू भ्रमणका क्रममा आएको उल्लेख गरेका छन् । उनले नेपालमा रहँदा प्रयोग गर्न लिएको मोबाइल नम्बर स्विच अफ छ । दिल्लीबाट समूहगत रूपमा नेपाल ल्याउने मुख्य व्यक्ति नै उनी रहेको हुन सक्ने स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति