एमालेको पालिका अधिवेशन : केही ठाउँमा नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं, १० कार्तिक । नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत हिजो सर्वसम्मत नभएका ठाउँमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेक अरु ठाउँमा हिजो एकैदिन पालिका अधिवेशन सक्ने भनिए पनि केही पालिकामा मात्र सर्वसम्मति भएको छ ।

सर्वसम्मति नभएका ठाउँमा आज थप सहमति गरेर नेतृत्व चयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। सकेसम्म देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस हुने उनले बताए । नेता–कार्यकर्ताबीचको हार–जितले पार्टी एकता मजबुत नबनाउने भएकाले सकेसम्म सर्वसम्मतिमा जोड दिएको तामाङले बताए।बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा भने आउँदो सोमबारसम्ममा पालिका र वडा अधिवेशन गर्ने एमालेको तयारी छ । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति