युवाहरुलाई ‘हनी ट्र्यापिङ’मा पारेर ठगी गर्ने ओखलढुङ्गाकी युवती पक्राउ

काठमाडौं, १० कार्तिक । युवाहरुलाई ‘हनी ट्र्यापिङ’मा पारेर ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिका–१ बलखुकी देवी थापा छन् । पक्राउ परेकी थापाले काठमाडौँका ६ युवालाई हनी ट्रयापिङमा पारी ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।

प्रहरीका अनुसार महिलाविरुद्ध हनी ट्रयापिङको समेत उजुरी परेको भएपनि उनलाई चेक बाउन्सको कसुरमा पक्राउ गरिएको हो । उनले हनी ट्रयापिङमा पारी ७५ लाखभन्दा बढी रकम ठगी गरेको पाइएको छ । उनले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, नेपाल प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवासँग १३ लाख, जन्मजात अशक्त एक युवासँग २ लाख २१ हजार ठगी गरेको उजुरी परेको छ ।

त्यसैगरी ओखलढुङ्गाकै एक युवालाई खातामा नभएको चेक दिएर ठगी गरेको भन्दै चेक बाउन्सको उजुरी परेको थियो । खातामा रकम नभएको जान्दाजान्दै ११ लाख ५० हजारको चेक दिएपछि ती युवा युवतीविरुद्ध चेक बाउन्सको उजुरी लिएर परिसर पुगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति