नेपाल–भारत सुरक्षासम्बन्धी बैठक बैंग्लोरमा

काठमाडौँ, ९ कार्तिक । नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १४ औं बैंठक बैंग्लोरमा हुने भएको छ । कोरोनाका कारण रोकिएको उक्त नियमित बैठक कात्तिक ११ र १२ गते हुन लागेको नेपाली सेनाले जनाएको छ । सुरक्षासम्बन्धी विषयमा नियमित छलफल गर्ने उद्देश्यका साथ नेपाल–भारत द्विपक्षीय परामर्श समूह सन् २००३ मा गठन गरिएको थियो ।

समूहको सन् २००३ देखि सन् २०१८ सम्म गरी १३ वटा बैठक सम्पन्न भइसकेको छ । परामर्श समूहको १४ औं बैठक २०७६ चैतमा भारतको नयाँदिल्लीमा आयोजना गर्ने योजना भए पनि कोरोना महामारीका कारण स्थगित भएको थियो ।

१४ औं बैठकमा नेपालबाट परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा रक्षा मन्त्रालयका प्रतिनिधि तथा नेपाली सेनाका सदस्यहरूले सहभागिता जनाउनेछन् । उक्त टोली बुधबार भारत प्रस्थान गर्नेछ । भारतका तर्फबाट पनि विदेश मन्त्रालयका सहसचिवको नेतृत्वमा टोलीले भाग लिनेछ । उक्त छलफलमा तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विविध पक्षमा छलफल हुने कार्यसूची रहेको नेपाली सेनाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति