चितवन, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडिएर आएको न्यायलयसम्बन्धी विवाद एक दुई दिनभित्रै टुंगिने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले प्रधानन्यायाधीशसम्बन्धी विवादमा संक्षिप्त टिप्पणी गरेका छन् । प्रचण्डले भने, हिजो हामी गठबन्धनका तीन दल बसेर यो बारेमा छलफल गर्यौं । अब पाँचै दल बसेर एक- दुई दिनभित्रै एउटा विन्दुमा पुग्छौं । महाअभियोग लगाउने सम्भावना छ कि छैन भन्ने पत्रकारको जिज्ञासामा उनले भने, महाअभियोगको चर्चा नै भएको छैन । गजेन्द्र हमाललाई मन्त्री नियुक्तिको विषयलाई लिएर विवाद सुरू भएको र राजीनामा दिए पनि विवाद चर्किरहेको उनले बताए । न्यायलयको स्वतन्त्रतामा कतैबाट आँच नआओस् भने सन्दर्भमा हामी सबै सतर्क हुनु पर्छ । अहिले जुन डिवेट चलेको छ त्यो एकरदुई दिनभित्रै निष्कर्षमा पुग्छ, प्रचण्डले भने । मंगलबार परिवारसहित चितवन प्रचण्ड १२ गतेसम्म चितवन रहने कार्यक्रम छ ।
प्रधानन्यायाधीशसम्बन्धी विवाद एक/दुई दिनभित्रै निष्कर्षमा पुग्छ : अध्यक्ष प्रचण्ड
प्रतिक्रिया