सर्वोच्चका कर्मचारी दिए आन्दोलनको चेतावनी

काठमाडौं, ९ कार्तिक । सर्वोच्च अदालतका कर्मचारी सङ्गठनले आन्दोलनको चेतावनी दिएको छ । संगठनले अदालतभित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई समाधान गर्न माग गर्दै त्यसो नगरीय आन्दोलनको चेतावनी दिएका हुन्।

सर्वोच्च अदालत आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियन, सर्वोच्च र नेपाल निजामती कर्मचारी सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत न्यायपालिकाको स्वतन्त्रताको रक्षाका लागि आन्दोलन गर्न बाध्य हुने बताइएको छ। उनीहरूले न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको र न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत ट्रेड युनियनहरूले रचनात्मक एवं सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गरेका छन्।

अशोभनीय गतिविधिले न्यायालय थप सङ्कटतर्फ जाने भएको बताउँदै उनीहरूले अदालतभित्र देखिएका विकृति विसङ्गतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू जिम्मेवार भई गम्भीरतापूर्वक अविलम्ब समुचित समाधान गर्न जोडदार माग गरेका छन्। अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौँ,’ विज्ञप्तिमा भनिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति