प्रधानन्यायाधीशको राजीनामा माग्ने ‘इजलास बहिष्कार’ गरेका न्यायाधीशहरूको निष्कर्ष

काठमाडौं, ८ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका छन् । आज (सोमबार) बसेको ‘इजलास बहिष्कार’ गरेका उनीहरूको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निष्कर्ष निकालेको हो ।उनीहरूले अहिले अदालतमा देखिएको समस्या समाधानका लागि भोलि मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश जबरालाई भेट्ने निर्णय पनि गरेको एक बैठकमा सहभागी एक न्यायाधीशले बताए ।

सोमबार प्रधानन्यायाधीश राणाले आफूबाहेका सात इजलास तोकेपनि कुनै पनि न्यायाधी इजलासमा नबसेर बेग्लै छलफल गरेका थिए । राणाले न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका थिए ।

राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर राखेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति