सुदूरपश्चिमका कुनै पनि वडामा अधिवेशन भएको छैन – भीम रावल

काठमाडौं, ८ कार्तिक ।  नेकपा एमाले उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका कुनै पनि जिल्लामा वडा अधिवेशन नभएको बताएका छन्।उपाध्यक्ष रावलले वडा अधिवेशनको विवरण आफूलाई प्राप्त नभएको बताए। वडा अधिवेशनको विवरण प्राप्त भएको छैन। सुदूरपश्चिममा कहीँ पनि वडा अधिवेशन भएको छैन,उनले भने,कर्णालीको पनि कतिपय ठाउँमा भएको छैन। कतिपय ठाउँमा पनि भएको छैन भन्ने सुनेको छु। तर सबै सूचना के हो, कसो हो प्राप्त भएको छैन।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने ६ हजार ७४३ वडामध्ये ६ हजारभन्दा बढी वडामा अधिवेशन भएको दावी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति