दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङ, ८ कात्तिक । गत शनिबार सम्पन्न भएको नेकपा (एमाले) कोे १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भए, उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुन् । त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएको हो । उनी गृहिणी हुन् । घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भए, उनी वडा सदस्य र उपमहानगरपालिकाको कार्यपालिका सदस्य पनि हुन् ।

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भए । उनी निर्वाचित वडा सदस्य हुन् त्यस्तै गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भए, उनी रेडक्रसकर्मीसमेत हुन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भए, शान्तिनगर गाउँपालिका–३ की पार्वती पुन वडाध्यक्षमा निर्वाचित भए ।

एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काले यसपटकको वडास्तरको अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको बताए । त्यस्तै उनले अधिवेशनमा अधिकतम महिलालाई ३३ प्रतिशत नघट्ने गरी प्रत्येक कमिटीमा समावेश गरेको जिकिर समेत गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति