काठमाडौं, ८ कार्तिक । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ । विहानदेखि छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको एक न्यायाधीशले बताए ।सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधान न्यायाधीशले निकास दिनुपर्ने बताएका छन् ।सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् । आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।
न्यायाधीशहरुको बैठक सकियो, प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने
प्रतिक्रिया