फेसबुकले भारतमा घृणा फैलाउने अभिव्यक्ति र भ्रामक सूचना रोक्न सकेन : प्रतिवेदन

काठमाडौं, ८ कार्तिक । फेसबुकको आन्तरिक विवरणअनुसार सामाजिक सञ्जालले भारतमा भ्रामक सूचना र घृणा फैलाउने अभिव्यक्ति तथा हिंसामा उत्सव मनाउनेजस्ता पोस्ट रोक्न सकेको छैन । फेसबुकका शोधकर्ताहरुका अनुसार फेसबुकमा ‘मुस्लिमविरोधी भड्किलो र भ्रामक सामग्री’ भएका ग्रुप र पेजहरु अझै पनि छन्।

फेसबुकबारे अनुसन्धानको लागि सन् २०१९ मा भारतको केरलामा बस्ने मानिसको लागि एकाउन्ट कस्तो देखिन्छ भन्ने जान्न फेसबुक एकाउन्ट बनाइएको थियो। यो एकाउन्टबाट फेसबुकको एलगोरिदमबाट प्राप्त भइरहेको सुझाव अनुसार विभिन्न ग्रुपमा जोडिने र पेजमा जोडिने काम गरिएको थियो। यसो गर्दा प्रशस्त मात्रामा घृणा फैलाउने, गलत सूचना र हिंसामा खुसी मनाउने किसिमका कन्टेन्ट आएका थिए।

फेसबुकबारेको यो आन्तरिक प्रतिवेदन केही समयमा सार्वजनिक हुनेछ। प्रतिवेदनका अनुसार आन्तरिक मुलुकको सत्तारुढ पार्टी र विपक्षीले चर्चित मानिसको नक्कली एकाउन्टबाट निर्वाचनमा मानिसहरुलाई प्रभावित बनाउने गरेको उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति