पाँचथर, ८ कार्तिक । जिल्लाको फिदिममा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर उपचारका लागि लाँदै गर्दा एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको पहिचान भने नखुलेको प्रहरीले बताएको छ ।
पाँचथरको फिदिमदेखि झापाको दमकचल्ने बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा फिदिम–४ स्थित मध्य पहाडी लोकमार्गको सगरखण्डेमा सोमबार बिहान ११ बजे दुर्घटना भएको थियो ।
४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको पनि उनले बताए । घाइतेहरुलाई झापा र विराटनगर पठाईएको बताईन्छ ।
प्रतिक्रिया