फिदिममा बस खस्दा कम्तीमा ४० जना

पाँचथर, ८ कार्तिक ।  पाँचथरको फिदिममा यात्रुवाहक बस खस्दा कम्तीमा ४० जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

पाँचथरबाट झापा जाँदै गरेको को१ख ३८६५ नम्बरको बस सोमबार बिहान फिदिम–४ सरखण्डेमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

बसमा ६० भन्दा बढी यात्रु रहेको बताइएको छ । बस सडकबाट खसेर अर्को गोलाइमा पुगेको छ । घाइतेमध्ये २४ जनालाई पाँचथर अस्पताल र बाँकीलाई पाथिभरा तथा समर्पित अस्पताल लगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति