काठमाडौं, ८ कार्तिक ।सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक भर्खरै सुरु भएको छ। सर्वोच्च अदालतमा सुरु भएको बैठकमा न्यायाधीशहरू आउने क्रम जारी छन् । हिजो आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज सोमबारका लागि बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरिसकेका छन्। आइतबार न्यायाधीशहरुको संयुक्त बैठकले आज इजलास सुरु हुने समयमै बैठक बस्ने निर्णय गरेको थियो। आइतबारकोे १४ न्यायाधीशको बैठकले फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णयसमेत गरेको थियो।
सर्वोच्चमा सुरु भयो न्यायाधीशहरूको बैठक
प्रतिक्रिया