४ वर्षपछि पुन: मतगणना, प्रतिद्वन्द्वी उम्मेदवार विजयी

काठमाडौं, ७ कात्तिक । स्थानीय तहको अवधि सकिनै लाग्दा आइतबार उच्च अदालत जनकपुरमा गरिएको महोत्तरीको एक वडाको पुनस्मतगणनामा प्रतिद्वन्द्वी उम्मेदवार दुई मतले विजयी भएका छन् । महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर १० को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय २ मतले विजयी भएका छन् । उनले २ सय ६८ मत पाएका छन् । हालका वडाअध्यक्ष अरुणकुमार चौधरीले भने २ सय ६६ मत पाएका छन् ।

करिब साढे ४ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा चौधरी र रायको मत २ सय ६६ बराबरी भएपछि गोला हानेर परिमाण तय गरिएको थियो । जसमा कांग्रेसका उम्मेदवार चौधरी वडाअध्यक्षमा निर्वाचित भएका थिए ।स्थानीय तहको कार्यकाल सक्किनै लाग्दा सर्वोच्च अदालतको आदेशमा आइतबार पुन : मतगणना गर्दा अर्का उम्मेदवार राय वडाअध्यक्षमा विजयी भएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति