ओलीले १० बुँदेको ट्याउँ-ट्याउँ भन्न थाले, साथीहरुको हरिबिजोग भयोः अध्यक्ष नेपाल

काठमाडौं, ६ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेमा १० बुँदे भन्नेहरुको हरिबिजोग भएको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आदेश पालना गरे मात्रै राम्रो मान्ने गरेको बताए। ‘आदेशको पालना गर्‍यो भने स्यावास, उ बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने कति ट्याउँ–ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ ट्याउँ ।

अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’उनले नेताहरुको कुनै सम्मान नगर्ने, कुनै छलपल नगर्ने शैलीकै कारण एमालेबाट विद्रोह गरेको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति