मुगु बस दुर्घटना : मृतकहरुलाई ३३ लाख दिइने

काठमाडौं, ६ कार्तिक ।  कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरुलाई ३३ लाख दिने भएको छ । दुर्घटनामा मृत्यु हुने व्यक्तिका प्रत्येक परिवारलाई एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि रु एक लाख राहत दिने निर्णय गरेको छ । मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ । हालसम्म २८६ लाई दुई करोड ८६ लाख भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानून न्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति