नेपाली २३ वर्षमुनिको फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित

काठमाडौं, ६ कार्तिक । नेपाली २३ वर्षमुनिको फुटबल टोली मैत्रीपूर्ण फुटबलमा इन्डोनेसियासँग दुई–शून्यले पराजित भएको छ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली टोलीले आज शुक्रवार भएको मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको २३ वर्षमुनिको टोलीसँग हार बेहोरेको हो ।पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्यो । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप एक गोल गरे ।

२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह (बी) मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति