काठमाडौं, ५ कार्तिक । लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले बनाएको पत्रकार कल्याणकारी कोषको रकम काटेर मुख्यमन्त्रीका सहयोगी तथा मन्त्रीनिकटका पत्रकारले चलाएका सञ्चार माध्यमलाई अनुदान दिइएको छ ।
आफूनिकट पत्रकारलाई रिझाउन मुख्यमन्त्री तथा विभागीय मन्त्रीले पत्रकार कल्याणकारी कोषको रकम काटेर मुख्यमन्त्रीका सहयोगी तथा मन्त्रीनिकटका पत्रकारले चलाएका सञ्चार माध्यमलाई अनुदान दिइएको छ ।
कसले कति पाए ?
रेडियो जलजलको रोल्पाको लागि ३५ लाख, बुद्ध दर्पण दैनिक कपिलवस्तुको लागि २० लाख, रेडियो मायादेवी र रेडियो बुद्धआवाजका लागि ५ लाख र थप बुद्ध दर्पणको सञ्चार भवनको लागि भन्दै थप २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
बुद्ध दर्पणका प्रधानसम्पादक बसन्त गिरी पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष तथा प्रेस सेन्टरका नेता हुन् ।
यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरिदको लागि भन्दै ५ लाख विनियोजन गरेको छ । यस्तै रेडियो माडी आवाजलाई मेसिनरी खरिदको लागि भन्दै १० लाख, यस्तै रेडियो रोल्पा र जलजल एफएमको लागि थप शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै रेडियो देवदको लागि १० लाख रुपैयाँ र राजापुर नपा र गेरुवा गापाभित्रका पत्रकारहरुको लागि उचित प्रबन्ध तथा सामग्री खरिदको लागि भन्दै १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सामुदायियिक रेडियो कपिलवस्तुको कम्पाउण्ड लाउनको लागि ५ लाख, सामुदायिक रेडियो प्रसार संघ, ब्रोकास्टिङ्ग एशोसीयसन र महिलाहरुको रेडियो लागि जम्मा ५÷५ लाख रकम विनियोजन गरिएको छ । विभिन्न संस्थागत संस्थाहरुलाई भन्दा व्यक्तिगत रेडियो, पत्रपत्रिकाहरुको भवन निर्माण र उपकरण खरिदको लागि लाखौं रकम विनियोजन गरिएको हो ।
यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवद्र्धनका लागि प्रदेश सरकारले २० लाख छुट्याइएको छ । फरक–फरक शीर्षकमा ‘रोल्पा समाचार’को नाममा प्रदेश सरकारले १०–१० लाख रकम विनियोजन गरेको ‘बजेट पुस्तक’मा उल्लेख छ ।
मुख्यमन्त्री केसीको प्रेस संयोजकका रूपमा दुई महिनाअघि मात्रै नियुक्त भएका विश्वकर्माले पदको दुरुपयोग गरी निजी ‘अफसेट प्रेस’मा सरकारी बजेट विनियोजन गरेका छन् ।
गुणस्तरीय अफसेट मेसिन साझेदारी खरिद (रोल्पा समाचार)लाई दश लाख र उद्योग विकास तथा प्रवद्र्धन कार्यक्रम गुणस्तरीय अफसेट मेसिन साझेदारी खरिद (रोल्पा समाचार) शीर्षकमा बजेट पारिएको छ ।
‘रोल्पा समाचार’ रोल्पाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । मुख्यमन्त्रीका प्रेस संयोजक विश्वकर्मा यस पत्रिकाका प्रकाशक–सम्पादक र ‘रोल्पा अफसेट प्रेस’का सञ्चालकसमेत हुन् । लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८–७९ को संशोधित बजेट तथा कार्यक्रममार्फत मुख्यमन्त्रीका प्रेस संयोजकले आफ्नो निजी कम्पनीमा दुई–दुईवटा शीर्षकको नाममा २० लाख बजेट पारेका छन् । प्रेस संयोजक बिकले भने यो रकम संचारबाट नभई उद्योगबाट आएको बताए ।
प्रतिक्रिया