एमाले सचिव योगेश भट्टराई अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं, ५ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।
सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईँले स्टाटस लेख्दै उच्च ज्वरो कम नभएपछि अस्पताल भर्ना गरिएको जनाएका छन् ।
विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।
चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको गुरागाईँले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति