एमालेको निर्वाचन आयोगका पदाधिकारीले सपथ लिए

काठमाडौं,४ कार्तिक । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन् । विहीबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी समिति बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन् । असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो । आयोग सदस्यहरूमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे छन् ।सुब्बा नेतृत्वको आयोगले एमालेको १० औं महाधिवेशनमा निर्वाचन संचालन गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति