सुन तोलामा रु ३०० ले वृद्धि

काठमाडौँ, ४ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ ।

छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९१ हजार २०० मा कारोबार हुनेछ । बुधबार प्रतितोला रु ९० हजार ९०० मा कारोबार भएको थियो ।


महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला रु २५ ले बढेर आज रु एक हजार २६० पुगेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २३५ मा कारोबार भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति