भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक

काठमाडौँ, ४ कार्तिक । भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । बिहीबार भारतमा १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । यो समाचार तयार पार्दासम्म बिहीबार मात्रै भारतमा करिब १५ लाख डोज खोप लगाइसकिएको छ । एक अर्ब डोज खोप पूरा भएको अवसरमा बिहीबार भारतका विभिन्न ठाउँमा कार्यक्रमको आयोजना गरिँदैछ । भारतीय स्वास्थ्यमन्त्री मनसुख मान्डवीयले दिल्लीस्थित लालकिलामा कैलाश खेरले गाएको गीत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । भारतले एकैदिन २ करोड ५० लाख डोजभन्दा बढी कोरोना खोप लगाइएको थियो । गत सेप्टेम्बर १८ मा भारतमा एकैदिन साढे २ करोडभन्दा बढी डोज कोरोना खोप लगाइएको थियो । भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो मुलुक हो । चीनमा भने गत जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो ।कोरोनाविरुद्धको खोप अभियानका बारेमा जानकारी समेटिएको वेबसाइट को–विन डट जीओभी डट आईएनका अनुसार भारतमा ७५ प्रतिशत वयस्क नागरिकले पहिलो मात्रा लगाएको र करिब ३१ प्रतिशतले खोपको दुवै मात्रा लगाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति