राष्ट्रपति विद्यादेवी भण्डारीका स्वागतमा सडकको सरसफाइ

भक्तपुर, २ कात्तिक । कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुदैँ जगातीसम्मको सडक सरसफाइ गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सडक सरसफाइ गरिएको बताइएको छ । सरसफाइमा सङ्कलन गरिएका फोहर भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको थियो । सफाइ गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको फोहर नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठायो । रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहर उठाउँदै सडकमा फोहर नफाल्न आग्रह गरे ।

जिल्ला समन्वय समिति र जिल्ला प्रहरी कार्यालय भक्तपुरको आयोजनामा मङ्गलबार सल्लाघारीदेखि जगातिसम्म अरनिको राजमार्ग र वरिपरिको सडक सफा गर्दै नेपाली सेनाका प्रतिनिधिलगायत ।

रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने, अनि फोहर सडकमा फाल्ने र सफाइ गर्न आउने अभियन्तालाई सहयोग नगरी उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताए । विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन् ।

सडक सरसफाइ अरनिको राजमार्ग खण्डअन्तर्गत सल्लाघारीदेखि जगातीसम्मको सडक सरसफाइ गरिँदै ।
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति