ग्यास सिलिण्डर बोकेको ट्रकको पिपलामोडमा दुर्घटना

काठमाडौं , २ कात्तिक । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ ।

गएराति १२ बजेतिर ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा दुर्घटना भएको हो । ट्रक दुर्घटनामा मानवीय क्षति नभएपनि बाटोभरि ग्यास सिलिण्डरहरु छरिएर राति दुईतर्फी आवत–जावत बन्द भएको थियो ।

ट्राफिक प्रहरीको ट्याङ्करले ट्रकलाई हटाउन नसकेपछि यान्त्रिक कार्यालयको ट्याङ्कर मगाएर ट्रकलाई हटाइएपश्चात् आज बिहान ६ बजेर १० मिनेटदेखि दुईतर्फी नै राजमार्ग खुलेको ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक सन्जिब शर्मा दासले जानकारी दिएका छन् । रातिको बेला दुर्घटना भएकाले गाडीहरुको चाप नभएको प्रहरी उपरीक्षक दासले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति