सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

काठमाडौं, १ कार्तिक । सोमबार सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति