रूपन्देहीमा बाढीले बगायो डाइभर्सन, यातायात अवरूद्ध


बुटवल, १ कार्तिक । देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले सोमबार बगाएको हो। आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ।

यसअघि गत भदौ ११ मा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।
डाइभर्सन बाढीले बगाएपछि फेरि यातायात अवरूद्ध भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले डाइभर्सन बगाएपछि बुटवलबाट पूर्व जाने सवारी साधन चल्न नसकेको बताए।

रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत क्षेत्रमा आइतबारदेखि पानी परेको छ। पानी परेपछि खेतमा धानसमेत भिजाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति