काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।
तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले जानकारी दिए । उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।
प्रतिक्रिया