भारतको उत्तरप्रदेशमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं, ३० असोज । भारत उत्तरप्रदेशको चिरगाउँ भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।ट्याक्टरको ट्रली पल्टिएर ७ महिला र ४ बालबालिकाको मृत्यु भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।मध्यप्रदेशको पण्डखोरबाट जिल्लाकै एक मन्दिर दर्शनका लागि जाँदै गरेकाहरु झाँसीको चिरगाउँमा दुर्घटनामा परेका हुन् ।
समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा कमी हुन नदिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति