राष्ट्रपति भण्डारीको दसैँ (फोटो फिचर)

काठमाडौं, २९ असोज , राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन् । त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन् । यो पटक महामारीको जोखिमलाई मध्यनजर गर्दै उनले सर्वसाधरणलाई टीका लगाइदिइनन् । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

; .
sf7df8f}F, @( c;f]h . /fi6«klt ljBfb]jL e08f/L z’qmaf/ /fi6«klt sfof{nodf cfof]lht sfo{qmddf xg’dfg9f]sf b/af/sf d”n k”hf/L b]j/fh cof{nsf] xftaf6 z’qmaf/ ;fO{tdf bz}+sf] 6Lsf tyf km”n k|;fb u|x0f ug'{x”Fb} . tl:a/ M /Tg >]i7, /f;; .
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board