भुटानी प्रधानमन्त्रीले दिए दसैंको शुभकामना

काठमाडौं, २९ असोज । दसैँको टीका लगाउने दिन शुक्रबार भिडियो सन्देशमार्फत् उनले शुभकामना दिएका हुन्।नेपाली भाषामा शुभकामना दिँदै प्रधानमन्त्री छिरिङले भनेका छन्, ‘महत्वपूर्ण चाड दसैंमा सबै आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनीमा म र मेरो परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। यस विशेष चाडमा सबैको सुख शान्ति र समृद्धिको कामना गर्दछौँ।साथै यस वर्ष भुटानको दसैं पर्व विशेष रहेको पनि उनले बताएका छन्। भुटानका राजा–रानीले विवाह गरेको १० वर्षको अवसरमा यस वर्षको दसैं विशेष भएको उनले बताएका छन्।
साथै राजकुमारको जन्म भएकोप्रति पनि उनले खुशी व्यक्त गरेका छन्।यस्तै कोभिड महामारीका कारण भेटघाट गर्न र टीका लगाउन सुरक्षित नहुने भएकाले संयम् भएर दसैं मनाउन उनले आग्रह गरेका छन्।प्रधानमन्त्री छिरिङले आफ्ना राजाको आशिर्वादका कारण भुटानमा कोभिडबाट क्षति कम भएको उल्लेख गरेका छन्।कोभिड संक्रमणबाट अति कम क्षति भएका विश्वभरका देशमध्ये भुटान पनि एक हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति