सर्वोच्चको आदेशपछि रुवी खान रिहा

काठमाडौं, २८ असोज । प्रहरी हिरासतमा रहेकी महिला अधिकारकर्मी रुवी खान रिहा भएकी छिन् । सर्वोच्च अदालतको आदेशपछि रुवी खान रिहा भएकी हुन ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य एवम् महिला अधिकारकर्मी मोहना अन्सारीले ट्विटरमार्फत यसको जानकारी गराएकी छिन् ।अधिकारकर्मी मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रुवी खानलाई तत्कालै रिहा गर्न र पुनः धरपकड र फक्राउ नगर्न आदेश दिएको हो ।

बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएको थियो । रु​​वीले बाँकेको प्रहरी हिरासत र अस्पतालमा समेत आमरण अनशन सुरु गरेकि थिइन । उनलाई प्रहरीले बहुविवाहको मुद्दा लगाएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board