चीनले भुटानसँगको सीमा विवाद तीन चरणमा समाधान गर्ने

काठमाडौं, २८ असोज । चीनले छिमेकी भुटानसँगको सीमा विवाद मिलाउने अग्रसरता देखाएको छ।पछिल्लो समय उसले सीमा क्षेत्रमा सैन्य उपस्थिति समेत बढाएको छ । कतिपय सीमा विवाद लामो समययता चलिरहेको छ । जसको समाधान कठिन छ ।

सीमा विवादका कारण बिग्रिएको सम्बन्धलाई सुधार गर्दै भुटानसँग निकटता बढाउन चीनको प्रयासले गति लिएको छ।

चीनले भुटानसँगको सीमा विवाद मिलाउन आवश्यक कदम चाल्ने गरी समझदारी गरेको छ । भुटानको विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर चीनसँग सीमा सम्झौताका लागि तीन चरणको रोडम्यापसम्बन्धी सम्झौता भएको जानकारी दिएको छ।
समझदारीपत्रमा भुटानका विदेशमन्त्री ल्योनपो टान्डी डोर्जी र चीनका उपमन्त्री ऊ जियाङहाओले हस्ताक्षर गरेका जनाइएको छ।

दुवै देशबीच सन् १९८४ देखि सीमासम्बन्धी सहमतिका लागि छलफल चल्दै आएको छ। २४ चरणमा त्यस्ता छलफल भइसके पनि कतिपय सीमा विवाद हल हुन सकेको छैन।

तर सम्पूर्ण रुपमा भारतसँग निर्भर भुटानसँगको सीमा समस्या समाधान गरेर निकटता बढाउने रणनीति अनुसार चीनले सम्झौतामा हस्ताक्षर गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति