थपिए सातसय ९२ संक्रमित, निको भए ९१०

काठमाडौ, २६ असोज । नेपालमा थप सातसय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सात ९२ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।सात हजार ६० जनाको पिसिआर परीक्षण र २५५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित छन्।यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ। ९१० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.८ प्रतिशत छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति