आजसम्म मध्य भोटेकोशी आईपीओमा आवेदन खुल्ला

काठमाडौं, २५ असोज । करिब ८ लाख १९ हजार आवेदकलाई १० कित्ता पर्ने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको आईपीओका लागि २० असोजबाट सर्वसाधाराणका लागि खुला भएको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि बढीमा १० हजार कित्तासम्मका लागि आईपीओ आवेदन गर्न सक्नेछन् । आईपीओमा सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका बिक्री शाखा कार्यालय वा मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।


कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९० हजार कित्ता शेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् । जसमा ८ लाख १९ हजार भन्दा धेरै आवेदकले १० कित्ता शेयर प्राप्त गर्ने निश्चित छ ।कुल निश्कासन मध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माणधिन रन अफ रिभरमा आधारित आयोजनाबाट १०२ मेगाबाट बिजुली निकालिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति