चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशनः प्रमुख जिल्ला अधिकारी शर्मा

भक्तपुर, २५ असोज । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएका हुन् ।

मध्यपुर थिमी नगरपालिका अगाडि ढलकाे काम हुँदै


जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ । छलफलमा नगरकोट सडक तत्काल मर्मत गरि निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिए ।

मध्यपुर थिमी नगरपालिका अगाडि ढलकाे काम हुँदै


आफूले यहाँ आएपछि जिल्लाका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उनले सडकको दुरावस्थाको तस्विर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिएका छन् । छलफलमा सडक बिस्तार गर्दा विद्युत्ले पोल नसारिदिँदा दुर्घटनाको जोखिम बढेको, केबुल र इन्टरनेटका तार लत्रदा दुर्घटना भएको, सडकमा चौपाय र सडक बत्ती नहुँदा राजमार्गमा दुर्घटना बढेको, सडकलाई पार्किङ क्षेत्र बनाइएको लगायत समस्यामाथि छलफल भएको थियो ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार, सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव र जिल्लामा सञ्चालित विभिन्न सडक आयोजनाका प्रमुख, चारवटै सुरक्षा निकायका प्रमुख एवं नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सदस्य रहने गरि कमाण्ड सेन्टर गठन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति