लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

अव लुम्विनी प्रदेशमा १६ सदस्यीय मन्त्रिपरिषद विस्तार हुने भएको छ । जसमा मुख्यमन्त्री कुलप्रसाद केसी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, डिल्लीबहादुर चौधरी मन्त्री पर्यटन, ग्रामिण तथा शहरी विकास, कृष्णध्वज खडका आर्थिक मामिला तथा सहकारी , सहसराम यादव भौतिक पूर्वाधार विकास, तिलकराम शर्मा आन्तरिक मामिला तथा संचार, इन्द्रजीत थारु स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,बिरबहादुर राना उर्जा, जलश्रोत तथा सिंचाई, सुरेन्द्रवहादुर हमाल बन, बाताबरण तथा भू संरक्षण, अजय शाही उद्योग, वाणिज्य तथा आपूर्ति, रमा घर्ती कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सुमन शर्मा रायमाझी कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था,पुर्मती ढेँगा श्रम, रोजगार तथा यातायात्र व्यवस्था, बसीउद्दीन खान शिक्षा, विज्ञान, युवा तथा खेलकुद रहेका छन् ।

त्यसैगरी राज्यमन्त्रीमा विमलाकुमारी खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण,अर्जुनकुमार श्रेष्ठ उर्जा,जलश्रोत तथा सिंचाई, सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि ब्यवस्था र रिना नेपाल बिक पर्यटन, ग्रामिण तथा सहरी विकास रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति