चौतर्फी विरोधपछि उद्योगमन्त्री हमालको राजीनामा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा गर्ने भएका छन् ।

उनले राजीनामा दिनका लागि प्रधानमन्त्री शेर बहादुर देउवासँग समय मागेको बालुवाटार निकट स्रोतले जनायो ।

आफू मन्त्री बनेको विषयमा प्रधानन्यायाधीश समेतलाई विवादमा तानेको भन्दै उनले राजीनामा दिने निश्कर्ष निकालेको हमाल निकट स्रोतले बतायो ।

आफूलाई राजीनामा नदिन धेरैले आग्रह गरेपनि आफू भने स्वविवेकले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन् । हमालले आफ्नो राजनीतिक इमान्दारितामा गम्भीर आघात परेकाले राजीनामा गर्ने निश्ष्कर्षमा पुगेको बताइएको छ । स्रोतका अनुसार प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवराले पनि आफ्ना जेठान हमाललाई राजीनामा गर्नु नै उत्तम हुने सल्लाह दिएका छन् ।

हमालले शुक्रवार मात्रै मन्त्रीको शपथ ग्रहण गरेका थिए । उनले शपथ ग्रहण गरेको ७२ घन्टा पनि नपुग्दै मन्त्री पदबाट राजीनामा गरेका छन् । पदवहाली गर्दा भने हमालले बाहिर आलोचना भएको कुरालाई खण्डन गर्ने दावी गरेका थिए । हमालको नियुक्ति लगत्तै मिडिया नागरिक समाज, कानुन व्यवसायी लगायतले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवराको राजीनामा मग्न थालेपछि थप क्षति हुनबाट जोगित हमालले राजीनामा गर्ने निश्कर्षमा पुगेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति