चरम विद्युत् सङ्कटको सङ्घारमा भारत

भारत , २२ असोज । भारत विद्युत् सङ्कटको चरम सङ्घारमा छ । भारतमा कुल विद्युत् उत्पादनको ७० प्रतिशत विद्युत् कोइलाबाट उत्पादन हुने गरेको छ । भारतका १३५ कोइलामा आधारित विद्युत् गृहहरूमा कोइला निकै कम छ । कोइला कमीका कारण भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने देखिएको छ ।

कोभिडको दोस्रो लहरपछि भारतको अर्थतन्त्र उँभो लाग्न थालेपछि ऊर्जाको माग ह्वात्तै बढेको कारणले दुई महिनामा गत वर्षहरुभन्दा खपत १७ प्रतिशतले बढेको छ ।

तर खपत बढेपनि विश्वभरि कोइलाको मूल्य यही समयमा ४० प्रतिशतले बढ्यो जसले गर्दा भारतको आयात दुई वर्षमा सबैभन्दा कम रह्यो ।
कोइला खपत बढी हुने हुनाले विश्वकै चौथो ठूलो कोइला खानी भएको देश भए पनि भारत विश्वको दोस्रो ठूलो कोइला आयातकर्ता हो । आयातित कोइलामा भर पर्ने विद्युत् गृहहरू अहिले भारतीय कोइलामा भर परेका छन् जसले घरेलु कोइला मागमा थप भार परेको छ।
कोल इन्डिया लिमिटेडकी पूर्वप्रमुख जोहरा चटर्जीले अभावहरुको अवस्था सिर्जना भइरहे भारत एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएपनि भविष्यमा यथास्थानमा फर्कन सङ्घर्ष गर्नुपर्ने र वर्तमान स्थिति भारतका लागि खतराको घण्टी भएको बताउँदै अब देशले कोइलामाथिको निर्भरता घटाउँदै नवीकरणीय ऊर्जा रणनीति बनाउनुपर्ने बताइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति