काठमाडौं, २१ असोज । पर्यटन विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव तारानाथ अधिकारीलाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएसँगै रिक्त पदमा मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकारीलाई पर्यटन विभागमा महानिर्देशको जिम्मेवारी दिइएको हो ।
पर्यटन विभागमा महानिर्देशकको जिम्मेवारी सहसचिव तारानाथ अधिकारीलाई
प्रतिक्रिया