शुक्रबार ११ बजे मन्त्रिपरिषद् विस्तार : ४ बजे शपथ, सञ्चार मन्त्रालयको जिम्मेवारी कार्कीलाई


काठमाडौं, २१ असोज ।  ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो। कार्की हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन्।बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको छ।

अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५ तथा जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउने भएका छन्।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपासहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ३ घण्टा छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका हुन्।

अहिले मन्त्रालयको संख्या प्रधानमन्त्रीसहित २२ छ। संविधान अनुसार २५ वटाभन्दा बढी मन्त्रालय बढाउन पाइँदैन।माओवादी केन्द्रले अर्थ, उर्जा मन्त्रालय लिइसकेको छ । अब उसको कोटामा शिक्षा, भूमि व्यवस्था तथा सहकारी र खानेपानी मन्त्रालय परेको छ । यस्तै एकीकृत समाजवादीले स्वास्थ्यसहित ४ मन्त्रालय पाएको छ ।

उसले शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाएको सांसद विरोध खतिवडाले जानकारी दिए ।प्रधानमन्त्री पाएको कांग्रेसले रक्षा, सञ्चार, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य तथा आपुर्ति पाएको छ ।जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति