सहमति नजुटेपछि मन्त्रिपरिषद विस्तार हुन सकेन

काठमाडौं, २१ असोज । सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि आज बिहीबार सरकारले पूर्णता नपाउने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुङ्गो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति