गठबन्धनको बैठकबाट माधव नेपाल बाहिरिए

काठमाडौं, २१ असोज । मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।

नेपाल निकट स्रोतका अनुसार पार्टीको बैठक जारी रहेकाले उनी आफ्नो कुरा राखेर बालुवाटारबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बसेका थिए ।नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । उनले बालुवाटारबाट बाहिरिँदा सञ्चारकर्मीहरूलाई समेत कुनै प्रतिकृया दिएका छैनन् । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले आज पुनः गठबन्धनको बैठक बसेको हो ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सकेका छैनन् । यसअघि काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय पाउनेगरी कुराकानी भएको थियो । तर, आफ्नो भागमा थोरै मन्त्रालय भाग लगाएको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका थिए । आजको बैठकमा नेता नेपालले आफ्नो पार्टीलाई एक राज्यमन्त्रीसहित पाँच मन्त्री दिने भन्ने यसअघिको सहमति वैज्ञानिक नभएको भन्दै थप एक मन्त्री पाउनुपर्ने धारणा राखेका बालुवाटार स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति