काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । क्रियाशील सदस्यता छानविन समिति सदस्य रहिसकेका पौडेलले केहि दिनमा उम्मेदवारी घोषणा गर्ने तयारी छ ।
प्रतिक्रिया