एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रले जनायो आपत्ति

काठमाडौं, २१ असोज । नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेको छ।

असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो।नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हो। आफूहरूको चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए। एमालेले पार्टीको लोगो हाम्रो पार्टीको चुनाव चिन्हसँग मिल्ने खालको छ। यो कानुनविपरीत काम हो, उनले भने, निर्वाचन कानुन विपरीत हुने जुनसुकै कामको पनि स्वभाविक रूपमा विरोध हुन्छ। यो एमालेले कानुनविपरीत काम गरेको छ। कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय झण्डामा पनि हँसिया हथौडा चिन्ह हुन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति