काठमाडौं , २१ असोज । एक शताब्दीको प्रयासपछि तयार भएको मलेरिया रोग विरुद्धको खोप धेरैजसो अफ्रिकी भूभागमा बालबालिकालाई दिन लागिएको छ। हजारौँ वर्षदेखि खासगरी बालबालिका र शिशुहरूको ज्यान लिने मानवताका लागि एउटा ठूलो सङ्कट बनेको मलेरियाविरुद्धको खोपको विकासलाई चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको छ भने मलेरियाविरुद्धको ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ। लामखुट्टेबाट फैलने यस रोगले विश्वभर बर्सेनि झण्डै चार लाख मानिसहरूको ज्यान लिनेगर्छ।आरटीएस, एस भनिने खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो।परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अब त्यसलाई सब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गरिने जनाएको छ।
ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई ’एउटा ऐतिहासिक क्षण’ बताए।
लामो प्रतीक्षा गरिएको बालबालिकाका लागि मलेरियाको खोप विज्ञान, बाल स्वास्थ्य र मलेरिया नियन्त्रणकै लागि एउटा मुख्य उपलब्धि भएको र यसले बर्सेनि दशौँ हजार मानिसको ज्यान बचाउनाले डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई एउटा ऐतिहासिक क्षण बताएका छन् ।
प्रतिक्रिया