काठमाडौँ, २१ असोज । ताइवान नजिकको टापुमा चीनले सैनिक गतिविधि गरेकोप्रति अमेरिकाले चासो व्यक्त गरिरहँदा चीनले सो क्षेत्रमा आज थप ५६ वटा सैनिक बिमान पठाउने भएको छ ।चीनले पठाउन लागेका ती जहाजहरु लडाकु र बम बर्साउन सक्ने प्रविधि जडान गरिएका जहाज हुन् । चिनियाँ विदेश मन्त्रालयले सोमबार ताइवान क्षेत्रको स्वतन्त्रता सुनिश्चित गर्न लडाकु जहाजहरु त्यसतर्फ पठाएको जनाएको छ ।ग्लोबल टाइम्सका अनुसार ताइवानको प्रतिरक्षा क्षेत्रमा आज दिउँसो ५२ वटा सैनिक बिमान जसमा युद्धमा प्रयोग हुने एयरक्राफ्ट, फाइटर जेट, एन्टी–सबमरिन जहाजहरु छन् ।सोमबार राती १४ वटा लडाकु जहाजहरु त्यसतर्फ प्रस्थान गरेका छन् । आज त्यहाँ पठाइएका जहाजहरु अहिलेसम्म एकैदिनमा पठाइएका धेरैमध्ये हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चुनिङले ताइवान चीनको अंग भएको बताए ।
चीनले आज ताइवानको प्रतिरक्षा क्षेत्रभित्र ५६ वटा लडाकु बिमान पठायो
प्रतिक्रिया