प्रधानमन्त्रीद्वारा दसैंको शुभकामना : स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन आग्रह

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड पालना गरेर दसैँ मनाउन आग्रह गरेका छन् ।बिहीवार ट्वीट गर्दै प्रधानमन्त्री देउवाले आजदेखि सुरु भएको विजयादशमीको शुभकामना दिएका छन् ।स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सुस्वास्थ्यको कामना समेत गर्दै देउवाले कोरोना मापदण्डलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका हुन् । बिहीवारदेखि सुरु भएको घटस्थापनाको पहिलो दिन घरघरमा जमरा राखेर मनाइँदैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति